जिविस बाँके एमसिपिएममा मुलुककै दोस्रो स्थानमा

१ श्रावण २०७३, शनिबार १३:००
 

  सदरलाइनडटकम
१ साउन, नेपालगन्ज : स्थानीय निकायको न्यूनतम शर्त तथा कार्य सम्पादन मापन (एमसिपिएम)मा जिल्ला विकास समिति बाँकेले दशौ स्थानबाट छलाङ्ग मार्दै दोस्रो स्थान हासिल गरेकोे छ । गत आर्थिक वर्ष २०७१/७२ को स्थानीय निकाय वित्तिय आयोगको मुल्याङ्कन नतिजा अनुसार देशभरका जिल्ला विकास समितिलाई उछिन्दै बाँके दोस्रो भएको हो । अघिल्लो वर्ष बाँके दशौं स्थानमा थियो । बाँके जिविसले एमसिपिएम ८५ अंक ल्याएको छ । प्रथम स्थान हुने जि12806155_10208943419325756_3824973776214646810_nविसले ८७ अंक ल्याएको छ ।
बाँकेका स्थानीय विकास अधिकारी जीवलाल भुसालले न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा जिल्ला विकास समितिले दोस्रो स्थान हासिल गरेसँगै २० प्रतिशत अनुदान बृद्धि भएर आउने बताए । उनले यसले जिल्लाको विकासको लागि थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
योजना व्यवस्थापन तथा
कार्यक्रम, स्रोत परिचालन तथा व्यवस्थापन, बजेट निकासा, खर्च र कार्यान्वयन, अनुगमन, मुल्याङ्कन र पारदर्शिता, संगठन व्यवस्थापन लगायत ४६ वटा सूचकका आधारमा कार्यसम्पादन मापन गर्ने चलन छ ।
‘स्थानीय निकायबाट प्रवाह हुने सेवा सुविधालाई जुन ढंगले प्रभावकारीरुपमा परिचालन गर्न सफल भयौ यो त्यसकै उपलब्धि हो’–स्थानीय विकास अधिकारी भुसालले भने–‘बजेटको कार्यान्वयन, अनुगमन, मुल्याङ्कन र पारदर्शिताका कारण बाँके जिविस वित्तिय आयोगको मुल्याङ्कनमा उत्कृष्ट भएको हो ।’ उनले जिविस बाँकेले एमसिपिएम को नतिजामा दोस्रो स्थान ल्यउनुमा सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायतको सहयोग तथा हौसलाका कारण संभव भएको भन्दै सबै बधाईको पात्र भएको बताए ।
12813982_10208943419965772_7374586601571386608_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘चिकित्सा विश्वविद्यालय स्थापना भए मेडिकल क्षेत्रका सबै समस्या समाधान हुन्छ’

१ श्रावण २०७३, शनिबार १३:००
सदरलाइनडटकम १ साउन, काठमाडौं  :  विभिन्न चार बुँदे माग राखि अनशनमा बसेका डा. गोविन्द केसीका मागवारे बरिष्ठ चिकित्सकहरुको मत बाझिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै बरिष्ठ चिकित्सक डा. भोला रिजालले स्वास्थ्यकर्मीहरु यतिवेला कसै न कसैको ईशारा र कुचक्रमा फसेर विभाजित भएको आरोप लगाएका छन् […]

सम्बन्धित