बाँकेमा मंगलवार ५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ७ मंसिर २०७८, मंगलवार १४:५५
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा ३ जना र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्याबमा १५ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


मंगलवार संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५९ पुगेको छ । यस्तै मंगलवारसम्म जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असिस्टेण्ट ब्यूटीशियनका लागि तीन महिने निःशुल्क तालिम शुरु

७ मंसिर २०७८, मंगलवार १४:५५
नेपालगञ्ज : असिस्टेण्ट व्यूटीशियनका लागि नतीजामा आधारित तीन महिने निःशुल्क तालिम नेपालगञ्जमा सञ्चालन गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको सहयोगमा कस्मोपोलिटन कन्सल्टेण्ट एण्ड टेक्नीकल एजुकेशन सेन्टर प्रालिद्धारा गुड न्यू आईटीसी मार्फत सञ्चालित तीन महिने तालिमको मंगलवार नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख […]