अवरुद्ध कोहलपुर–चिसापानी सडकखण्ड खुल्यो

सदरलाइन संवाददाता २८ कार्तिक २०७८, आईतवार १५:१३
 

नेपालगञ्ज : रत्न राजमार्गअन्तर्गत् अवरुद्ध कोहलपुर–चिसापानी सडकखण्ड खुलेको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धको मृत्यु भएपछि आफन्त र स्थानीयले वानियाभारमा मध्यान्ह सडक अवरुद्ध गरेका थिए ।

तीन दिनअघि मोटरसाइकलको ठक्करबाट बाँके बैजनाथ गाउँपालिका ४ वानियाभारका ६३ वर्षीय वीरबहादुर वली घाइते भएका थिए । उनको उपचारका क्रममा कोहलपुुर मेडिकल कलेजमा शनिवार मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाइकल चालकलाई पक्राउ गर्नुपर्ने, उचित क्षतीपूर्ति दिनुपर्नेलगायतका माग राखेर उनीहरुले सडक अवरुद्ध गरेका थिए ।


इप्रका कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार, ठक्कर दिने मोटरसाइकल र चालकलाई पर्सिसम्म उपस्थित गराउने प्रहरीले प्रतिबद्धता जनाएपछि स्थानीय बाटो खुलाउन सहमत भएका हुन् ।

बैजनाथ गाउँपालिका ५ का प्रकाश बस्नेतले चलाएको मोटरसाइकलले वलीलाई ठक्कर दिएको थियो । यद्यपी बस्नेत भने अझै फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट अवैध सामान बरामद

२८ कार्तिक २०७८, आईतवार १५:१३
नेपालगञ्ज : भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको विभिन्न सामग्री बाँके प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ । बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कपडा, गहुँ, युरिया मल नेपालगञ्जको गणेशमान चोकबाट बरामद भएको हो । बरामद गरिएको सो सामान करिव ६३ हजार मूल्य बराबरको रहेको […]