कोरोना कहर : सीमा क्षेत्रमा कडाई नाम मात्रको

सदरलाइन संवाददाता २ बैशाख २०७८, बिहीबार ११:४२
 


नेपालगञ्ज :  नेपाल–भारत सीमा क्षेत्र गत चैत्र ११ गतेदेखि आवगमनमा कडाई गर्ने स्थानीय प्रशासनको निर्णय भए पनि कडाईका साथ लागू गर्न नसक्दा नेपालगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा पुगेको पाईएको छ ।

भारतमा तीब्र गतिमा कोराना संक्रमण फैलिएपछि स्थानीय कोभिड–१९ संकट व्यवस्थापन समितिले अत्यावश्यक बाहेक अन्य कार्यको लागि सीमा क्षेत्रमा आवागमनमा रोक लगाउने निर्णय गरे पनि कार्यान्वयन फितलो छ ।


भारतबाट नेपाल आउनेलाई लक्षित गरी सीमा क्षेत्रमा नेपालगञ्ज उपमहानगरले हेल्थ डेस्क स्थापना गरे पनि दैनिक खरिददारी गर्न जानेका लागि भने खासै ध्यान पुराउन सकिएको छैन ।

कोरोना महामारी बढ्दै गर्दा राजनैतिक दलका गतिविधि, मेला, पर्व तथा विद्यालय र कलेज सञ्चालन गर्दा स्वास्थ्य प्रोटोकल मापन भए नभएको अनुगमन फितलो हुँदा समस्या थपिएको हो ।

Next Post

नेपालगञ्जका विद्यालय शुक्रवारदेखि बन्द

२ बैशाख २०७८, बिहीबार ११:४२
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहीबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपमेयर उमा थापा मगरले जानकारी दिइन् । नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने […]

ताजा अपडेट