नेपालगञ्जबाट अवैध सामान बरामद

सदरलाइन संवाददाता २८ कार्तिक २०७८, आईतवार १५:२३
 

नेपालगञ्ज : भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको विभिन्न सामग्री बाँके प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कपडा, गहुँ, युरिया मल नेपालगञ्जको गणेशमान चोकबाट बरामद भएको हो । बरामद गरिएको सो सामान करिव ६३ हजार मूल्य बराबरको रहेको उनको भनाइ छ ।


यस्तै भन्सार छलिकै एकलाख बराबरको ताला, चावी र मोजा पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा खटिएको टोलीले सो सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको एसपी अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा काँग्रेसको ८० वडामा वडा अधिवेशन सम्पन्न एउटा वडामा सोमबार हुने

२८ कार्तिक २०७८, आईतवार १५:२३
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको १४ औं महाधिवेशन अन्तर्गतको कार्यक्रम अनुसार ८० वटा वडामा वडा अधिवेशन शान्तिपूर्ण सम्पन्न भएको र एक वडामा भोली सोमबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । क्रियाशिल सदस्यता बिबादका कारण पटक–पटक पछि सर्दै आएको वडा अधिवेशन पुन फर्जी सदस्यता थपिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी […]