सदरलाइनडटकम,
काठमाण्डौ : ३३ किलो सुनसहित दुई नेपाली भारतको कोलकतामा पक्राउ परेका छन् । भारतीय प्रहरीले शुक्रवार दुई नेपालीसहित ३३ किलो सुन नियन्त्रणमा लिएको हो । भारतमा भेटिएको ३३ किलो सुन नेपालबाट हराएको सुन भएको हुनसक्ने आशंका गरिएको छ । पक्राउ पर्नेमा हेमप्रसाद शर्मा र राकेशप्रसाद रहेको गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयका सहसचिव ईश्वराज पौडेलले भारतमा भेटिएको सुन नेपालबाट हराएको सुन हुनसक्ने बताए । गृहमन्त्रालयले लामो समयदेखि सहसचिव पौडेलकै नेतृत्वमा हराएको सुनाका विषयमा अनुसन्धान गरिरहेको छ । नेपालबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन हराएको थियो ।
अहिले भारतमा भेटिएको सुन चूडामणि उप्रेती भन्ने गोरेको हो या होइन भन्ने विषयमा प्रमाणित गर्ने काम भइरहेको छ । गोरेले तस्करी गरेर ल्याएको सुन हराएको थियो । गोरे अहिले पुर्पक्षका लागि जेलमा छन् ।
