‘स्थानीय तह र संघसंगठनको सहकार्य आवश्यक’

३१ भाद्र २०७६, मंगलवार १६:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : स्थानीय तह र संघसंगठनबीच सहकार्य आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा नेपालगञ्जमा सम्पन्न दुई दिने अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले स्थानीय तहमा रहेका सावलहरु उठान गर्न सुझाव दिइन् । उनले स्थानीय तह प्रति नागरिकका अपेक्षा बढी भएको बताउँदै अपेक्षा अनुसार काम हुन नसकेको बताइन् । लामो समय जनप्रतिनिधिविहीन भएका नागरिकहरुमा राज्य प्रतिको नैराश्यताका कारण समस्या रहेको बताइन् । थापाले स्थानीय तहमा रहेका आन्तरिक द्वन्द्वका बिषयमा सुक्ष्म अनुसन्धान गरेर जनप्रतिनिधिको भूमिकामा खबरदारी गर्न आवश्यक रहेको बताइन् ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले इन्सेकद्वारा गठित मानव अधिकार समूहको संयोजक भएर मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्दा समस्या समाधानका लागि सरोकारवाला निकायमा जाने गरेको स्मरण गर्दै अहिले निर्वाचित भएर कार्यान्वयन तहमा पुगेको बताए । उनले नेपालको संविधानमा मौलिक हकले प्रत्याभूत गरेका कुराहरु मध्येनजर गर्दै काम गरीरहेको बताए ।
रुचालले जनताका मौलिक हक प्रति जनप्रतिधि जिम्मेवार हुन आवश्यक रहेको बताए । स्थानीय निकायबाट नागरिकले पाउनुपर्ने सेवा सुविधा प्राप्त भए नभएको विषयमा अनुगमन आवश्यक रहेको रुचालले बताए ।
इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठले स्थानिय तहमा के कसरी काम गर्नेे भन्ने विषयमा छलफल गरि अगाडी बढ्ने बताउँदै स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने बताइन् । इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले इन्सेकले मानव अधिकार अभिलेखिकरण र प्रसारको काम गर्दै आएको बताउँदै विगत द्वन्द्वको समयमा गरेका अभिलेखका कारण थुप्रै पीडितहरुलाई न्याय प्राप्तीमा सहयोग पुगेको बताए ।

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दै

३१ भाद्र २०७६, मंगलवार १६:४५
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको संख्या बढ्दै गएको छ । २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हँुदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको संख्या २१ […]