सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा खुकुरी प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् । नेपालगञ्ज १ धम्बोजी चोकमा आइतवार बेलुका दुई समुहबिच विवाद भएपछि खुकुरी प्रहार गरिएको थियो ।
खुकुरी प्रहारबाट नेपालगञ्ज ८ का सुरेश कुर्मी र धम्बोझीका रोशन महतरा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए । खुकुर प्रहारबाट गम्भीर घाईते भएका कुर्मीलाई लखनउ रिफर गरिएको छ भने महतराको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले खजुरा गाउँपालिका १ बस्ने दिपक थापालाई पक्राउ गरेको छ । घटनास्थलबाट खुकुरी बरामद भएको भन्दै प्रहरी निरीक्षक बिष्टले घटनामा संलग्न अरु व्यक्तिहरुको खोजतलाश भईरहेको जानकारी दिए ।
