कोरोनाबाट भेरी अस्पतालमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता २८ कार्तिक २०७८, आईतवार १४:१९
 
फाइल तस्विर

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–४ बर्दियाका ४५ वर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि ती महिला तीन दिन अघि अस्पताल भर्ना भएकी थिइन् । उनलाई त्यसैदिन कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उपचारकाक्रममा स्वास्थ्यमा सुधार नआउँदा शनिवार राती मृत्यु भएको हो ।


योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४ सय ३१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको नरैनापुरमा बाघले मान्छे खायो

२८ कार्तिक २०७८, आईतवार १४:१९
नेपालगञ्ज : बाँकेको नरैनापुरमा बाघले मान्छे खाएको छ । गाई चराउन गएका नरैनापुर गाउँपालिका वडा नं. ४, पण्डितपुर्वाका लखन गडरियाको बाघले खाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए । गाई चराउन २५ गते जंगल गएका लखन फर्केर नआएपछि खोजतलास गर्दा शनिवार राती […]