मंगलवार राती १२ बजेदेखि बाँकेको सीमानाका बन्द हुने

सदरलाइन संवाददाता २५ बैशाख २०७९, आईतवार १७:३७
 

नेपालगञ्ज : बाँके जिल्ला भित्रको नेपाल भारत सीमानाका ७२ घण्टाको लागि बन्द हुने भएको छ । आसन्न स्थानिय तह निर्वाचन २०७९ लाई स्वाच्छ, निश्पक्ष, भएरहित र शान्ति पुर्ण रुपमा सम्पन्न गर्नका लागि मित्र राष्ट्र भारतसंग जोडिएको नेपाल भारत सिमानाका बन्द हुने भएको हो ।

बाँकेका प्रमुुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले यही बैशाख २७ गते मंगलबार राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म सिमानाका बन्द हुने जानकारी दिए ।


सीमा नाका बन्द भएको ७२ घण्टाका लागि कुनै पनि सवारी साधन तथा व्यक्ति आवतजावत गर्न नपाउने गरी सीमानाका बन्द हुने उनले बताए ।

नेपाल र भारतमा निर्वाचन भएको समयमा हालसम्म सिमानाका बन्द हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने मन्त्रिपरिषद्को निर्णय

२५ बैशाख २०७९, आईतवार १७:३७
काठमाडौँ : सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो […]

सम्बन्धित