षड्यन्त्र गर्नु पर्यो भने काठमाण्डौमा जान्छु : महरा

सदरलाइन संवाददाता २८ फाल्गुन २०७८, शनिबार १२:४९
 

नेपालगञ्ज : पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले आफू काठमाण्डौमा षड्यन्त्र गर्नका लागि जाने गरेका बताएका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ पुलचोक खोलीगाउँमा नवनिर्मित भवनको उदघटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


रमाइलो पारामा काठमाण्डौमा षड्यन्त्र गर्न आफू जाने गरेको बताउँदै उनले आफूले र माओवादी पार्टीले षड्यन्त्र गर्न नजान्ने गरेको बताए । उनले षड्यन्त्र गर्नेहरु महलमा बस्ने, बजारमा बस्ने गरेको बताउँदै गाउँमा सर्वहारा वर्ग बस्ने र त्यही गाउँको उत्थानका लागि माओवादी पार्टीले काम गर्दै आएको बताए ।

महराले चुनाव आउन लागेको र दाङमा आफूले काम गर्नुृ परेको भन्दै केही समय दाङमा नै बस्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके–बर्दियामा पाटेबाघको गणना अन्तिम चरणमा

२८ फाल्गुन २०७८, शनिबार १२:४९
नेपालगञ्ज : बाँके–बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ गणनाको काम अन्तिम चरणमा पुगेको छ । गत मङ्सिर २९ गते बर्दिया राष्ट्रिय निकुञ्जबाट शुरु गरिएको बाघ गणना बाँके निकुञ्जमा पुगेर सम्पन्न हुने चरणमा पुगेको हो । ‘ए बी सी र डी’ गरेर चार वटा क्षेत्र बनाई शुरु गरिएको बाघ गणना हाल आएर ‘डी’ […]