लुम्बिनीमा राज्यमन्त्री रायमाझीद्धारा राजीनामा

सदरलाइन संवाददाता १८ असार २०७८, शुक्रबार १४:५०
 

बुटवल : लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् ।

रायमाझीले मुख्यमन्त्रीसमक्ष शुक्रबार राजीनामा बुझाएकी हुन् । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेकी रायमाझी केही समय अघि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा लागेर राज्यमन्त्री बनेकी थिइन् ।


मुख्यमन्त्री शंकर पोखरेललाई आफ्नो दल जनता समाजवादी पार्टीको समर्थन नरहेकोले पार्टीको समर्थन र सहयोग बिना सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले पदबाट राजीनामा गरेको उनले पत्रमा उल्लेख गरेकी छिन् । उनी पुनः यादव पक्षमा फर्किएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकामा राजस्व सेवा १० दिन बन्द हुने

१८ असार २०७८, शुक्रबार १४:५०
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा राजस्व सेवा बन्द गरिने जनाएको छ । आर्थिक वर्ष सकिन लाग्दा नयाँ अद्यावधिक गर्नुपर्ने भएकोले राजस्व सेवा बन्द गर्न लागिएको सूचना मार्फत जानकारी दिएको हो । कोहलपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्यालद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा आगामी साउन १ गते देखि १० गतेसम्मका […]