घाँटी रेटेको अवस्थामा बालिकाको शव फेला

सदरलाइन संवाददाता २३ कार्तिक २०७८, मंगलवार १४:२५
 

नेपालगञ्ज : लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।

लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बालिका आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो ।


खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियो ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोरङ कारागारमा झडप हुँदा ६ जना कैदीबन्दी घाइते

२३ कार्तिक २०७८, मंगलवार १४:२५
नेपालगञ्ज : मोरङ कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले अत्यधिक महंगोमा सामान बिक्री गरेको भन्दै भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । झडपमा चौकीदार गुरुङसहित नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको जिल्ला […]

सम्बन्धित