नेपालगञ्ज : भेरी अस्पतालको कोरोना आईशोलेशन वार्डमा बस्ने संक्रमितलाई लक्षित गरी भायनेटले निशुल्क ईन्टरनेट सेवा उपलब्ध गराएको छ ।
आईशोलेशनमा बस्ने संक्रमितले ईनटरनेटको माध्यामबाट मनोबल बढाउन सक्ने भन्दै उनीहरुलाई सहजै र निशुल्क चलाउन मिल्ने गरी वार्डमा नेट सेवा जडान गरिदिएको भायनेट नेपालगञ्ज प्रबन्धक भानु रेग्मीले जानकारी दिए ।
भायनेटले भेरी अस्पताल संञ्चालक समितिको अनुरोध अनुसार ६० एमविपिएस क्षमताको अनलिमिटेड सेवा उपलब्ध गराएकोप्रवन्धक रेग्मीले बताए ।