‘उद्योगी व्यवासायीको मनोबल उच्च हुन आवश्यक’

सदरलाइन संवाददाता ४ आश्विन २०८०, बिहीबार १४:२२
 

नेपालगञ्ज : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ अग्रसर हुन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले बिहीवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले उद्योगी व्यवसायीप्रति नकारात्मक सोच रहेको भन्दै त्यस्तो सोँच नहटाउँदासम्म उद्योग व्यवसाय फस्टाउन नसक्ने बताए । उद्योग व्यवसाय नफस्टाउँदासम्म मुलुक समृद्धिको यात्रामा अगाडि बढ्न नसक्ने मन्त्री रिजालको भनाई छ । उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार तत्पर रहेको बताउँदै उनले उद्योगी व्यवसायीको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताए । बाँके नौवस्तास्थित औद्योगिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम गर्ने उनको भनाई छ ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री रिजालले उच्च मनोबलका साथ काम गर्न पार्टी पंक्तिलाई आग्रह गरे । लोकतन्त्रको विकास र स्थायित्वका लागि विचलित नभएर आ–आफ्नो कार्यक्षेत्रमा लाग्न उनको आग्रह छ । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको जमुनाहा नाकामा सुरक्षा सतर्कता

४ आश्विन २०८०, बिहीबार १४:२२
नेपालगञ्ज : चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाहा नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ । भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपईडिहा जाने नेपाली उपभोक्तालाई आवागमनमा सहजताका लागि विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर […]