मोरङ कारागारमा झडप हुँदा ६ जना कैदीबन्दी घाइते

सदरलाइन संवाददाता २३ कार्तिक २०७८, मंगलवार १४:४३
 

नेपालगञ्ज : मोरङ कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले अत्यधिक महंगोमा सामान बिक्री गरेको भन्दै भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो ।

झडपमा चौकीदार गुरुङसहित नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको उनले बताए । ‘चौकीदार गुरूङको समूहको लुगाकपडालगायत अन्य सामानमा अचाक्ली महंगो गरेको भन्दै कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति आएको हो’ जिसीले भने ।

गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको आरोप कैदीबन्दीको आरोप छ । विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए ।


पदमकुमार लिम्बू, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, किरण गुरुङ, शखेर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बविहाङ राईलाई अन्य कैदी बन्दीहरुले एउटा कोठामा थुनिदिएका हुन् ।

थुनिएका कैदीहरूलाई प्रहरीले कारागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको जनाएको छ । उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन् । १४ जनालाई बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ ।

यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि कैदीबन्दी दिनभरी आन्दोलनमा उत्रिएका थिए ।

गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार ल्याइएपछि त्यहाँका कैदीहरूले दिनभरी आन्दोलनमा उत्रिएका थिए । त्यसबेला चौकीदार गुरूङको नेतृत्वमा त्यहाँका कैदीबन्दी आन्दोलित बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार आठ जनामा कोरोना पुष्टि

२३ कार्तिक २०७८, मंगलवार १४:४३
नेपालगञ्ज : बाँकेमा मंगलवार थप ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा ६२ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज भेरी अस्पतालमा २७ नमुना परीक्षण गर्दा ६ र मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो […]

सम्बन्धित