राँझा विमानस्थको झाडी सफाई गरिँदै

सदरलाइन संवाददाता १७ कार्तिक २०७८, बुधबार १३:००
 

नेपालगञ्ज : नेपालगञ्जको राँझास्थित विमानस्थलको बुधवारदेखि झाडी सफाई शुरु गरिएको छ । धावन मार्ग वरिपरी बढेको झाडी र बुट्यानमा बस्ने वन्यजन्तु पटक पटक जहाजसँग ठोकिने क्रम बढ्न थालेपछि सरसफाई शुरु गरिएको हो ।

उड्न तयारीमा रहेको सिता एयरको जहाजसँग मंगलवार तीन वटा बँदेल एकैपटक ठोकिएका थिए । विमानस्थलको रनवे वरिपरीको झाडी र बुट्यान हटाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

बाँकेका एसपी श्याम अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १ सय ६० जना जनशक्तिलाई सरसफाईमा खटाइएको जानकारी दिए ।


सरसफाइमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुख, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी लगायतको उपस्थिति थियो ।

विमानस्थलको हाल १७ सय मिटर लामो धावन मार्ग छ । धावन मार्ग वरिपरी बाक्लो मात्रामा झाडी र बुट्यान छन् । त्यहाँ बँदेल, खरायो, दुम्सी, स्याललगायत वन्यजन्तुले बासस्थान नै बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एकको मृत्यु

१७ कार्तिक २०७८, बुधबार १३:००
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको आज मृत्यु भएको छ । भजनी नगरपालिका–५ कैलालीका ३३ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । कात्तिक ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यसैदिन उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार नआउँदा बुधवार बिहान पौने ६ बजे […]