नेपालगञ्ज : बाँकेमा सोमवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्ज भेरी अस्पतालमा ४७ नमुना परीक्षण गर्दा ६, मेडिकल कलेज कोहलपुरमा १५ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा १६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
सोमवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय २ पुगेको छ ।
यस्तै सोमवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २६ पुगेको छ ।
अस्पतालमा ४ जना भेन्टिलेटरमा छन् भने ५ जना सिकिस्त र १० जना मध्यम विरामी रहेको केन्द्रले जनाएको छ ।