पत्रकार बजगाईलाई ‘ठुले’को सम्मान

सदरलाइन संवाददाता १७ फाल्गुन २०८०, बिहीबार ११:५७
 

काठमाण्डौं :  सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरिएको छ ।

राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको वेब सिरिज ठुलेका निर्माता बिक्रम लामाले जानकारी दिए ।


बजगाईलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य काभ्रे क्षेत्रनं.–१ एवं पूर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज), चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वेब सिरिज ठुलेका निर्माता बिक्रम लामा, लेखक निर्देशक विष्णु रिजाललगायतले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी पुजन धिताल र ठुलेका कलाकारहरुलाई सम्मान गरिएको थियो ।

पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा पहिलो किरियापुत्री भवनको शिलान्यास

१७ फाल्गुन २०८०, बिहीबार ११:५७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा पहिलो किरियापुत्री भवन बन्ने भएको छ । वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिरको सामुन्ने किरियापुत्री भवन बन्न लागेको हो । किरियापुत्री भवनको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बिहीवार शिलान्यास गरेका छन् । सर्बसाधारणलाई काजकिरिया गर्न सहजताका लागि बन्न थालेको किरियापुत्री भवन करिब ६० लाखको […]