असाहे र विपन्नका लागि ताराको ‘पूर्णतारा फाउण्डेशन’

८ फाल्गुन २०७६, बिहीबार १८:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सामजसेवी तथा नेपालगञ्ज उद्योग बाणिज्य संघकी निर्वतमान उपमहासचिव ताराकुमारी खत्री रोकायले आफ्नो ४३ औ जन्मदिनको अवसरमा पूर्णतारा फाउण्डेशन स्थापना गरेकी छन् ।
समाज सेवाको लागि सहज होस भनेर श्रीमान पुर्ण र आफ्नो नामलाई जोडेर ‘पुर्णतारा’ फाउडेशनको स्थापना गरि अक्षय कोष स्थापना गरेको उनले बताईन । ‘धेरै पहिलादेखि नै केही गरौ भन्ने सोच थियो अवसर जुरेको थिएन अहिले बल्ल अवसर जुरेको छ’–उनले भनिन ।
हरेक वर्ष आफ्नो जन्मदिनमा केही न केही सामाजिक कार्य गर्ने रोकायले यसवर्ष पाँच लाख ५ हजार ५ सय ५५ रुपैया धनराशीको अक्षयकोष खडा गरि अक्षयकोषमार्फत सामाजिक कार्य गर्ने बताइन् ।
अक्षकोषको ब्याजले प्रत्येक वर्ष गरिब, अनाथ, असाहे, शिक्षाबाट बञ्चित बालबालिकाका लागि खर्च गरिने फाउण्डेशनकी अध्यक्ष समेत रहेकी रोकाय बताउँछिन् ।
यसैबीच ४३ औ जन्मदिन रोकायले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, मा रहेको नवकिरण पुर्नस्थापना केन्द्रमा लागू औषधको कुलतमा रहेका ६० जना दुव्र्यसनीसंग मनाएकी छन् ।
पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले समाजमा लागू औषधले नराम्रो प्रभाव पारेको बताउदै यसको निराकरणको लागि सबैको पहल हुन आवश्यक रहेको औल्याईन । उनले लागू औषधको कुलतबाट टाढिन चाहनेलाई उचित उपचार गरी घर समाजले सामाजिक घुलमिलनको लागि सहयोग गर्नु पर्ने बताईन ।
सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उप–मेयर उमा थापामगरले विगतमा विभिन्न कारणले लागू अँैषधको कुलतमा लागेकालाई लागु औषधको कुलतबाट छुटाउदै उनीहरुलाई समाजमा पुनरमिलन गराउन आफुहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताईन ।
सो अवसरमा लागू औषध दुव्र्यसनको उपचारको लागि सो पुनस्थापना केन्द्रमा रहेका विवेक बिक र अभिभावक शोभा विकले दुव्र्यसन व्यवहार नभई रोग भएको कारण यसको उपचार गर्दै सामाजिक घुलमिलन नै लागू औषधको दुव्र्यसन रोक्ने अचुक माध्यम रहेको बताएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख बीरबहादुर ओलीलगायत विभिन्न व्यक्तिहरु उपस्थित कार्यक्रममा उपचारमा संलग्न सबैलाई ढाका टोपीले सम्मान गर्नुको साथै उनीहरुका साथमा सहभोज गरिएको थियो ।

Next Post

८ फाल्गुन २०७६, बिहीबार १८:४२