२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

विश्वकप छनोट : नेपालद्वारा मलेसिया पराजित



नेपालगञ्ज : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको चार खेलमा यो लगातार तेस्रो जित हो । जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । नेपालको जितमा सिता राना मगरले सर्वाधिक ३० रनको योगदान गरिन् । कप्तान रुविना क्षेत्रीले २० रन जोडिन् ।

सरिता मगरले १५ रन र कविता कुँवरले १० रन जोडे । इन्दु बर्मा ४ रनमा आउट भइन् ।

यस अघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन जोड्यो ।

मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन् । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान गरे । नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे ।

नेपालले तीन जितसँगै ६ अंक जोडेको छ । आयोजक युएईले पनि लगातार तीन खेल जित्दै ६ अंक जोडेको छ । हङकङले दुई खेल जित्दै चार अंक जोडेको छ ।

भुटानले पनि तीन मध्ये एक खेल जित्दा कुवेतले भने तीनवटै खेलमा पराजय भोगेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १० गते शुक्रबार
ताजा समाचार