२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

आर्थिक अवस्था कमजोर भएका कराते र तेक्वान्दोका खेलाडिलाई सुमनको खेलपोषाक सहयोग




काठमाडौं : आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई वितरण गर्ने गरी कराते खेलाडी सुमन तिमल्सिनाले दुई खेल संस्थालाई खेल पोशाक बुधबार सहयोग स्वरुप खेल पोषाक उपलब्ध गराएका छन् ।

करिब ६० हजार मुल्य बराबरको कराते र तेक्वान्दो खेलको पोशाक सुमनले संस्थालाई वितरण गरेका हुन् । नेपाल गोजुरियो कराते डो संघलाई २४ थान गी (कराते पोशाक) तथा कोटेश्वर तेक्वान्दो डोजाङलाई १६ थान डोबोक (तेक्वान्दो पोशाक) सुमनले व्यक्तिगत उपलब्ध गराए ।

सुमनले गोजुरियो कराते संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्र तथा कोटेश्वर तेक्वान्दो डोजाङका सिनियर प्रशिक्षक विशाल रायमाझीलाई एक कार्यक्रमबीच पोशाक हस्तान्तरण गरे ।

सुमनले आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले पोशाक उपलब्ध गराएको बताए । महासचिव मित्र र सिनियर प्रशिक्षक रायमाझीले सहयोगले खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिए । दुवैले लक्षित वर्गलाई पोशाक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०७८ कात्तिक १० गते बुधबार
ताजा समाचार