राप्तीको बाढीले खतराको संकेत भेट्नै लाग्यो

सदरलाइन संवाददाता ३ कार्तिक २०७८, बुधबार १३:५३
 
फाइल फोटो

नेपालगञ्ज  :  लगातारको झरीको कारण राप्तीनदीमा पानीको सतह बढ्न थालेपछि नदी तट आसपासका बस्तीमा उच्च सर्तकता अपनाउन सूचना प्रवाह गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुममा रहेको बाढी मापन केन्द्रमा बुधबार बिहान साढे ११ बजेसम्म पानीको सतह बढेर ५ मिटर ३० सेन्टिमिटर पुगेको जिल्ला विपद सुचना व्यवस्थापन केन्द्रका सुचना अधिकारी रुपन ज्ञवालीले जानकारी दिए ।

राप्ती नदीमा पानीको सतहले ५ मिटर पार गर्दा सर्तक अवस्थामा रहनु पर्ने र साढे ५ मिटर पार गर्दा नदी तटका गाउहरु डुबानको अत्यन्त जोखिममा पर्ने भएकोले सुरक्षित स्थानमा जानको लागि सूचना प्रवाह गरिएको छ ।


दाङ्ग, रोल्पा, प्युठानमा भएको बर्सातको कारण राप्ती नदीमा पानीको सतह बढ्ने र खासगरी बाँकेको राप्तीसोनारी र डुडुवा गाउपालिकका केही वडाहरु डुवान कटानको जोखिममा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा वन मन्त्री हमालको सम्मान

३ कार्तिक २०७८, बुधबार १३:५३
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले नगरबासीको नाताले नेपालगञ्जको विकास निर्माणमा प्राथमिकता दिन लुम्विनी प्रदेशका वन, वातावरण तथा भू–सरक्षण मन्त्री सुरेन्द्र हमाललाई अनुरोध गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाले मन्त्री हमालको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा मेयर डा. धवल शम्शेर राणाले यसअघि प्रदेश सरकारले नेपालगञ्जलाई विभेद गरेको भन्दै अब नगरबासी मन्त्री भएपछि नगरले […]