नेपालगञ्जमा वन मन्त्री हमालको सम्मान

सदरलाइन संवाददाता ३ कार्तिक २०७८, बुधबार १५:४२
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले नगरबासीको नाताले नेपालगञ्जको विकास निर्माणमा प्राथमिकता दिन लुम्विनी प्रदेशका वन, वातावरण तथा भू–सरक्षण मन्त्री सुरेन्द्र हमाललाई अनुरोध गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले मन्त्री हमालको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा मेयर डा. धवल शम्शेर राणाले यसअघि प्रदेश सरकारले नेपालगञ्जलाई विभेद गरेको भन्दै अब नगरबासी मन्त्री भएपछि नगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताए ।

नेपालगञ्जमा रहेका तालहरुको स्तरउन्नती गरी वातावरण संरक्षण गर्नुपर्ने, प्रदुषण न्यूनीकरण गर्नुपर्ने, पार्क निर्माण लगायत विभिन्न खालका विकास निर्माणका योजना प्रस्तुत गर्दै मेयर राणाले प्रदेश सरकारबाट ठुलो अपेक्षा राखिएको बताए । उपमेयर उमा थापा मगरले नेपालगञ्ज क्षेत्रबाट निर्वाचित सांसद मन्त्री हुनु नेपालगञ्जबासीकै लागि अवसर भएको भन्दै हमाल मन्त्री भएपछि नेपालगञ्जबासीका अपेक्षा बढेको र विकासले पनि गति लिने बिश्वास ब्यक्त गरिन् ।

नेपालगञ्ज गृह नगर भएका कारण प्राथमिकता दिन मगरले आग्रह गरे । प्रबक्ता प्रमोद रिजालले राजनीतिक आस्थाका आधारमा विभेद नगर्ने हमाल मन्त्री भएपछि जिल्लाबासीनै खुशी भएको बताए ।


मन्त्री हमालले नेपालगञ्जबासीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए । प्रदेशका ठुला शहरलाई हरित शहर बनाउन योजना बनाईरहेको भन्दै उले ठुला रुख रोप्नुपर्ने पक्षमा आफु रहेको बताए ।

नेपालगञ्ज र बाँकेमा बोटानिकटल पार्क, जडिबुटी प्रशोधन केन्द्र, बागेश्वरी मन्दिर पार्कको स्तरोन्नतीलगायत नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रस्तुत मागहरु पुरा गर्ने बताए ।

सो अवसरमा मन्त्री हमाललाई मेयर राणा, उपमेयर मगर सहित वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले फुलमाला र खादा सहित सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार १५ जनामा कोरोना संक्रमण पुष्टि

३ कार्तिक २०७८, बुधबार १५:४२
नेपालगञ्ज : बाँकेमा बुधवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११८ नमुना परीक्षण गर्दा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६६ नमुना परीक्षण गर्दा १० जना र मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा ५ जना संक्रमण पुष्टि भएको छ । […]