लायन्स क्लवको रक्तदान सम्पन्न

२३ कार्तिक २०७४, बिहीबार २०:३५
 

सदरलाइनडटकम
२३ कात्तिक, नेपालगन्ज : लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ वि–२ अन्तरगतका जोन ७४, ७५ र ७७ अन्तरगतका लायन्स क्लव को आयोजनामा नेपालगन्जमा बृहद रक्तदान सम्पन्न भएको छ । डिष्ट्रिक गर्भनर लायन मधुसूदन रिजाल शर्माको प्रमुख आथित्यमा सम्पनन सो कार्यक्रममा ५१ जनाले रक्तदान गरेको आयोजक क्लवका जोन चियरपर्शन लायन रमेश श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा जोन चियरपर्शन गिता प्रसाई, सुरेश चन्दलगायतले आयोजकको तर्फबाट बढी भन्दा बढी रक्तदाताको सहभागिता गराई बदलिदो मौसमका कारण विरामी पर्नेहरुलाई उपचारमा सहयोग पुराउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरका उप– मेयर उमा थापामगर, डिस्टिक क्याविनेट सेक्रेटरी ज्ञानेन्द्र कुमार श्रेष्ठ, कृष्णकाजी श्रेष्ठ, रिजन चियरपर्शन कपिल अधिकारी, एम्बेडसर अफ गर्भनर सरिता शाक्यलगायतका लायन्स लिडरहरुको सक्रिय सहभागिता रहेको थियो ।
नेपाल रेडक्रशको प्राविधिक सहयोगमा दंगा प्रहरी गण पुष्पलाल चोक, आदर्श मावि नेपालगन्ज लगायतका विभिन्न संस्था तथा व्यक्तिहरुले रक्तदान गरेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘पढौं र पढाऔ संस्कृतिको विकास गर्न महोत्सव गर्दैछौं’

२३ कार्तिक २०७४, बिहीबार २०:३५
‘पढौं र पढाऔ संस्कृतिको विकास गर्न महोत्सव गर्दैछौं’‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने उद्घोषका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बा“केको आयोजनामा नेपालगन्जमा मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०७४ हुन गइरहेको छ । नाफा कमाउने उदेशयले भन्दा पनि […]

सम्बन्धित