बैजनाथद्वारा पशुपंक्षी पालकलाई २५ लाख रुपैयाँ सहयोग

सदरलाइन संवाददाता ६ श्रावण २०८०, शनिबार १४:३१
 

बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत पशुपंक्षी पालक व्यवसायीहरूलाई नगद सहयोग गरेको छ ।

बैजनाथ गाउँपालिमा दर्ता भएका पशुपंक्षी पालक किसानहरुलाई ७० प्रतिशत अनुदान अन्तर्गत पालिकाका ८ वटै वडाका ३१ जना किसानलाई गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले जनही ८३ हजार १ सय ७७ रुपैयाँ गरी २५ लाख ७८ हजार ४ सय रूपैया प्रत्येक वडामा गएर बितरण गरेका हुन् ।


अनुगमन मुल्यांकनको आधारमा छनौट भएका बङ्गगुर, लोकल कुखुरा, गाई–भैंसी र बाख्रापालक किसानहरूलाई बितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक बर्षमै बाँकेमा १६० उद्योग बन्द

६ श्रावण २०८०, शनिबार १४:३१
नेपालगञ्ज : बाँकेमा गत आर्थिक वर्ष २०७९–०८० मा १६० घरेलु तथा साना उद्योग बाँके बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका १६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए । उनका अनुसार बन्द हुनेमा […]