बाँकेको खेल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउनेछु : मन्त्री अथक

सदरलाइन संवाददाता ३१ आश्विन २०७८, आईतवार १२:१७
 

नेपालगञ्ज : नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्याउने बताएका छन ।

आइतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले संयुक्तरुपमा नवनियुक्त मन्त्रीलाई गरेको सम्मान तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


उनले युवालाई स्वरोजगार बनाउने, खेलकुद क्षेत्रलाई टेवा पुर्याउने तथा स्काउट लगायतलाई चलायमान र क्रियाशिल बनाउने कार्यकालागि नितिगत र कानुनी रुपमा रही गर्न सक्ने जस्तो सुकै काम पनि आफुले गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु, १ घाइते

३१ आश्विन २०७८, आईतवार १२:१७
कैलाली : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ […]

सम्बन्धित