विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा

सदरलाइन संवाददाता ९ बैशाख २०८२, मंगलवार १८:४४
 

नेपालगञ्ज : विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि नेपाल आएका हुन् ।

कार्लोस मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का पदाधिकारी लगायतले स्वागत गरेका थिए ।


उनले बुधबार हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् । यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वास्थ्य अवस्थाका उनको भ्रमण स्थगित भएको थियो ।

कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ । ५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जितेका थिए ।

उनले ब्राजिलका १२५ खेलमा १० गोल गरेका छन् । व्यवसायीक करियरमा अधिकांश समय स्पेनिस क्लब रियाल मड्रिडमा बिताएका कार्लोसले इन्टर मिलान, फेनरबाखजस्ता क्लबको जर्सी पनि लगाएका छन् । उनले पछिल्लो सन् २०१६ मा दिल्ली डायनामोबाट इन्डियन सुपर लिग खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमाले डुडुवामा पालिकास्तरिय पार्टी कार्यालय उद्घाटन

९ बैशाख २०८२, मंगलवार १८:४४
डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउँपालिकामा नेकपा एमालेको पालिकास्तरीय कार्यालयको उदघाटन गरिएको छ । नेकपा एमाले पार्टी स्थापना दिवसको अवसरमा पालिकास्तरीय पार्टी कार्यालयको मंगलवार एक कार्यक्रमका बीच उदघाटन गरिएको हो । एमाले डुडुवा गाउँपालिकाका अध्यक्ष विनयराज त्रिपाठीको अध्यक्षतामा डुडुवा गाउँपालिका वडा नं. ६ भंघोटनामा कार्यालयको उदघाटन गरिएको एमालेका जिल्ला कमिटी […]