युवा जागरण अभियान लिएर पौडेल देश दौडाहमा

१६ फाल्गुन २०७४, बुधबार १९:०४
 

सदरलाइनडटकम  
१६ फागुन, नेपालगन्ज  :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेल युवाहरुलाई राजनीतिक नेतृत्वको पहुँचमा पु¥याउन देश दौडाहमा हिँडेका छन् ।
उनले स्थानीय स्तरमै युवाहरुलाई सामाजिक सेवामा सक्रिय बनाउदै आत्मनिर्भर र देश निर्माणमा सहभागी गराउने उद्देश्यका साथ ‘युवा जागरण अभियान’ लिएर देशका विभिन्न जिल्लाहरुमा भ्रमणमा हिँडेको बताए ।
अभियानका संयोजक समेत रहेका युवा नेता पौडेलले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो अभियानका विषयमा जानकारी दिए ।
‘निकै लामो समय म देश बाहीर नै बस्नुप¥यो, त्यहाँबाट नेपाली युवाहरुको समस्याका विषयमा पनि अध्ययन गरे,’ उनले भने, ‘अहिले युवाहरुलाई आत्मनिर्भर बनाउनु र सामाजिक कार्यमा लगाउन आवश्यकता छ, जो एउटा अभियानले मात्रै सम्भव छ । त्यसैले देशैभरीका युवामाँझ समाज परिवर्तनको अभियान लिएर हिँडेको छु ।’
उनले देशमा राजनीतिक अस्थीरतका कारण समृद्धि हुन नसकेको र वर्तमान सरकार युवा लक्षित नभएको भन्दै युवाहरुलाई जागरुक बनाउन हिँडेको जानकारी दिए ।
प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने युवाहरु सम्मिलीत अभियानका तीन महिनामा एक हजार बढी सदस्य बनाउने लक्ष्य रहेको पौडेलले जानकारी दिए ।
उनले वाम गठबन्धनको सरकारले जनतामुखि योजनाहरु ल्याउन नसकेको आरोप लगाए । अभियानका क्रममा देशभरका जिल्लाहरुमा संगठन विस्तार समेत गरिने बताइएको छ । मातृ पार्टी नेपाली काँग्रेसले निर्वाचनमा नराम्रो हार बेहोरेपछि पुनः संगठन सुदृढिकरणका लागि पौडेल युवा जागरण अभियानका नाममा देश दौडाहमा लागेको बताए ।
उनले आफ्नो अभियानमा सक्रिय रहने युवाहरुलाई विभिन्न तालिम दिँदै रोजगारीको बाटो देखाउने दाबी गरे । ‘हामी युवालाई स्थानीय स्तरमै रोजगारी दिने पक्षमा काम गर्नेछौं, साथै उनीहरुको नेृतत्व विकासका लागि पनि काम गर्छौ,’ पौडेलले भने, ‘युवाहरु राजनीतिमा सक्रिय नहुँदा देश विकास हुनसकेन, नेतृत्व सिकेर राजनीतिमा सक्रिय हुनु आजको आवश्यकता हो । साथै अभियानमा हिँडेका युवाहरुले वर्तमान सरकारको आलोचना समेत गरेका छन् ।
उनीहरुले युवालक्षित कुनैपनि योजनाहरुलाई सरकारले सम्बोधन गर्न नसकेकोआरोप लगाए । यस्तै, पहिलो पटक तुइनमुक्त बनाउने घोषणा गरेका प्रधानमन्त्री केपी ओलीले हालसम्म पनि देशभरीकै हालत उस्तै रहेको युवाहरुको दाबी छ । अभियानमा नेपाली कांग्रेस निकट युवाहरु सम्मिलित हुने बताइएको छ

Next Post

स्थानीय तहमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा लक्षित सेवा प्रवाहमा समस्या

१६ फाल्गुन २०७४, बुधबार १९:०४
सदरलाइन / रुद्र सुवेदी   १६ फागुन, ठाकुरद्वारा (बर्दिया) : आवश्यक जनशक्तिको अभावमा बाँकेका विभिन्न स्थानीय तहमा खटेका स्वास्थ्य संयोजकहरुले लक्षित कार्यक्रम समयमा सम्पन्न गर्न कठिनाई भएको गुनासो गरेका छन् । जर्मन सहयोग संस्था जिआईजेड तथा प्लान ईन्टरनेशनलको सहयोगमा जिल्ला समन्वय समिति बाँके र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बर्दियाको […]