सदरलाइनडटकम
१ असार, नेपालगन्ज : नेपालगन्ज कारागारमा थुनामा रहेका एक थुनुवा कैदीले बिहीबार विहान सवा पाँचबजे कारागार मै झुण्डेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार जबरजस्ती करणी मुद्धामा पुर्पक्ष थुनामा रहेका बाँके भवानियाँपुरका २७ वर्षिय अरबिन्दकुमार बर्माले झुण्डेर आत्महत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा मुद्दा फाँटका ईन्चार्ज प्रहरी निरिक्षक थापाले बिहीबार सवा पाँच बजेतिर प्लास्टिकको डोरीले पासो लगाई आत्महत्या गरेको पाईएको बताए । उनले घटनास्थलको मुचुल्का गरी अनुसंधान सुरु गरेको बताए । मृतक बर्मा गत बैशाखमा जजक मुद्दामा पुर्पक्षको लागि नेपालगन्ज कारागारमा थुनुवा कैदीको रुपमा थिए ।
