पूर्वमन्त्री राई र उपमहानगरबीच आरोप प्रत्यारोप

; १० भाद्र २०७७, बुधबार १४:१६
 

नेपालगञ्ज : पूर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद मोहम्मद इस्तिायक राइले नेपालगञ्ज उपमहानगरपालिकाले निकालेको विज्ञप्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पूर्वमन्त्री राइले बुधवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी उपमहानगरपालिकाको विज्ञप्तीले नगरबासीलाई थप भ्रमित बनाएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नभएको दाबी गरेका हुन् ।

उनले संघीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको डेढ करोड मध्येबाट आफुले भेरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि उपलब्ध गराएको रकम कार्यान्वयन नगरी उल्टै फ्रिज गराउने अवस्थामा पुर्याउनु दुर्भाग्यपूर्ण भएको बताए ।


उक्त रकम नेपालगञ्ज उपमहानगरपालिकाले कार्यान्वयन गर्न नसक्नु र दोष उल्टै आफुलाई दिनु राजनीतिक बेइमानी भएको भन्दै सांसद राईले उपमहानगरपालिकाले रकम सदुपयोग गर्न नसकेर दोष उल्टै आफुलाई दिएकोमा आक्रोस पोखेका छन् ।

आफुले जनहितमा काम गरेको भन्दै उनले यदि आफु दोषी ठहर भए राजनीतिबाटै सन्यास लिने चेतावनी समेत दिए । उनले बजेट ढिला गरी प्राप्त भएकाले कार्यान्वयन गर्न सकिएन भन्ने उपमहानगरपालिकाको भनाईमा कुनै सत्यता नभएको दाबी गरे ।

Next Post

बाँकेमा एकैदिन थपिए ७३ जना कोरोना संक्रमित

१० भाद्र २०७७, बुधबार १४:१६
नेपालगञ्ज : बाँकेमा बुधवार एकैदिन ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २२ र बागेश्वरी डायग्नोस्टिक एण्डा पोलिक्लिनिक सेन्टर नेपालगञ्जको परीक्षणमा ५१ जना गरी ७३ जनासंक्रमित थपिएका हुन् । बुधवार थपिएका अधिकांश संक्रमित नेपाली सेनाका छन् । संक्रमितमध्ये पाँच महिला र ६८ […]