बेमौसमी वर्षातले आहात किसान गँहु भित्र्याउन व्यस्त

यदुराज मिश्र ९ बैशाख २०८२, मंगलवार १८:३२
 

नेपालगञ्ज  :  बाँकेका किसानलाई यति बेला गहुँ काट्ने र भित्र्याउने चटारो छ । अहिले गहुँ काट्न किसानलाई भ्याइनभ्याई भएकोले अन्य कामलाई थाती राखेर भए पनि यहाँका किसान गहुँ काट्न र भण्डारण गर्न व्यस्त छन् ।

डुडुवा गाउँपालिका वडा नं. ६ भंघोटनाका किसान जयपाल मौर्यले अहिले यहाँका किसान गँहु काट्ने र भित्र्याउने कार्यमा व्यस्त रहेको बताए ।

डुडुवा ६ बल्दीपुर्वाका कृषक गुरुदीन यादवले भने, ‘किसानलाई गहुँ काट्ने र भित्र्याउने चटारो छ । हिजोआज हामी खेतमा गहुँ काट्दै गरेको भेटिन्छौं ।’ अहिले यस जिल्लाको खेतहरूमा जता हेर्यो उतै गहुँ काटेको भेटिने गरेको उनले बताए ।


उनले भने, ‘यसपाली गहुँ राम्रो सप्रिएको छ । समय कतिबेला के हुन्छ ? भन्न सकिँदैन । गहुँ काटेर भित्र्याउने काम अहिले हाम्रो पहिलो प्राथमिकतामा छ ।’

डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले गहुँ भित्र्याउने बेला भएको बेमौसमी वर्षातले केही नोक्सानी गरेपनि खासै क्षति हुन नपाएको बताए । अहिले पनि कालो बादल देख्नै वित्तिकै यहाँका किसान तर्सिने गरेको उनले उल्लेख गरे ।

‘यहाँका किसान सबै काम थाती राखेर गहुँ काट्न व्यस्त छन्’ उनले भने,‘गत साता परेको पानीले खासै क्षति नभएपनि अब वर्षात् भयो भने गहुँ बाली नष्ट हुनेछ ।’ ‘बेमौसमी वर्षातको डरले जिल्लाका किसान हतारहतारमा गहुँ भित्र्याउन व्यस्त छन् ।’ वडाध्यक्ष मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा

९ बैशाख २०८२, मंगलवार १८:३२
नेपालगञ्ज : विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि नेपाल आएका हुन् । कार्लोस मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का पदाधिकारी लगायतले स्वागत गरेका थिए […]