कैलालीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु, १ घाइते

सदरलाइन संवाददाता ३१ आश्विन २०७८, आईतवार १२:२०
 

कैलाली : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा तीन जना सवार थिए । दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार त्यही ठाउँका १८ वर्षकै केशव मगरको ज्यान गएको हो । दुर्घटनामा परेर घाइते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।


मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको भने कोहलपुरमा उपचार भइरहेको छ । तीब्र गतिमा चलाउँदा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

३१ आश्विन २०७८, आईतवार १२:२०
काठमाडौं : साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा शनिवार राती सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग तीन शुन्य गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन।जितसँगै भारतले भने आठौँ पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भयो। फाइनल खेलको […]

सम्बन्धित