भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु

सदरलाइन संवाददाता ९ बैशाख २०८२, मंगलवार १८:२१
 

नेपालगञ्ज  : भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । अस्पतालका सुचना अधिकारी डा. संकेत रिसालले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए । उनका अनुसार अबदेखि भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा नियमित प्रदान गरिनेछ ।

सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोलीले ४२ बर्षिय पुरुषमा उनकै श्रीमतिको मिर्गौला प्रत्यारोपण गर्दै छ । भेरी अस्पतालकै यूरोलोजी विशेषज्ञ, डा दिपेश गुप्ता, एनेस्थेसिया डा पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा शौरभ, यूरोलोजीका डा अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा पारस श्रेष्ठलगायतको टोली समेत यसमा शल्यक्रियामा संलग्न छन् ।


सुचना अधिकारी डा. रिसालका अनुसार महिनामा कम्तीमा एक जनाको मिर्गौला प्रत्यारोपण हुने छ । उनले भने– ‘नियमित रुपमा यो सेवा दिने भनेर नै आजबाट सुरु गरिएको हो । यद्यपी यसकालागि काठमाण्डौबाट आउने चिकित्सकको समुह भने फरक–फरक हुनसक्छ ।’

अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेपछि मिर्गौला प्रत्यारोपण गर्न टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । अस्पतालमा हाल दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेमौसमी वर्षातले आहात किसान गँहु भित्र्याउन व्यस्त

९ बैशाख २०८२, मंगलवार १८:२१
नेपालगञ्ज  :  बाँकेका किसानलाई यति बेला गहुँ काट्ने र भित्र्याउने चटारो छ । अहिले गहुँ काट्न किसानलाई भ्याइनभ्याई भएकोले अन्य कामलाई थाती राखेर भए पनि यहाँका किसान गहुँ काट्न र भण्डारण गर्न व्यस्त छन् । डुडुवा गाउँपालिका वडा नं. ६ भंघोटनाका किसान जयपाल मौर्यले अहिले यहाँका किसान गँहु काट्ने र […]