चालू आर्थिक वर्षमा सडक दुर्घटनामा २४ जनाको मृत्यु

सदरलाइन संवाददाता १२ मंसिर २०८०, मंगलवार १३:४२
 

नेपालगञ्ज : बाँकेमा नियमनकारी निकायको प्रभावकारी उपस्थिति अभावका कारण सवारी दुर्घटनामा अनाहकमा निर्दोषले समेत मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिर १० गतेसम्मको तथ्याङ्क हेर्ने हो भने बाँकेमा ५७ वटा सवारी दुर्घटना भएका छन् ।

त्यसमा २४ जनाले ज्यान गुमाएका छन् । ४२ जना गम्भीर घाइते हुँदा ६० जना सामान्य घाइते भएको तथ्याङ्क जिल्ला ट्राफिक कार्यालय बाँकेसँग छ । कार्यालय प्रमुख गोपिकृष्ण सुवेदीका अनुसार मादक पदार्थ सेवन, लापरवाही र तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरेका छन् ।

यी तीन कारण मध्ये सबैभन्दा बढी दुर्घटना मादक पर्दाथ सेवनका कारण भएको अनुसन्धानबाट खुलेको सुवेदी बताउँछन् । ‘चालू आर्थिक वर्षमा भएका दुर्घटनाको तथ्याङ्क र गतवर्ष यही समयावधिमा भएको दुर्घटनाको तथ्याङ्क केलाउँदा संख्यात्मक हिसावले केही घटेको छ उनले भने–‘तथापी ५७ वटा दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न हुँदा २४ जनाले ज्यान गुमाउनुलाई भव्यतव्य मान्न् सकिदैन ।’ यी दुर्घटनामा ठूला सवारीसाधन भन्दा पनि मोटरसाइकल, अटो रिक्सा बढी परेका छन् ।


मुख्य राजमार्ग क्षेत्रभन्दा पनि ग्रामीण र भित्रि सडकमा दुर्घटना बढी भएको तथ्याङ्क देखिन्छ । भित्रि सडकमा मोटरसाइकल र अटो रिक्सा बढी चल्ने भएकाले ठूला सवारीसाधन भन्दा पनि साना सवारी साधनले दुर्घटनाको संख्या बढाएको उनको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रम गर्दै आएको उनले बताए ।

चालू आर्थिक वर्षको हालसम्म ६४१ वटा सचेतिकरण सम्वन्धी कार्यक्रम गरिएको उनले बताए । ‘विद्यार्थी, चालक, सहचालक देखि सडक प्रयोग गर्ने आम नागरिकलाई समेत ट्राफिक नियमबारे सचेत बनाउने कार्यक्रम संचालन गरिरहेका छौं उनले भने–‘हाम्रो तर्फबाट मात्रै यो सम्भव छैन सडक प्रयोग गर्ने सबैले ट्राफिक नियमको पूर्ण पालना गर्नु पर्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब सोफामा बसेर काठमाण्डौसम्म यात्रा गर्न पाइने

१२ मंसिर २०८०, मंगलवार १३:४२
कोहलपुर (बाँके) : बाँकेबाट काठमाण्डौसम्म यात्रा गर्ने यात्रुहरुले अव सोफा सिटमा बसेर यात्रा गर्न सक्ने भएका छन । पुर्व पश्चिम यातायात ब्यवसायी प्रालिले यात्रु महानुभावका लागि यो सेवा छिट्टै दिन गईरहेको प्रा.लि.का सचिव गौरव रावलले बताए । यातायात ब्यबसायीहरुले यात्रुहरुलाई नयाँ नयाँ सुबिधा सम्पन्न बस मार्फत काठमाण्डौ सम्म यात्रा गराईरहेका […]