कैलालीमा विङ्गर दुर्घटना, १२ जना घाइते

सदरलाइन संवाददाता २६ आश्विन २०७८, मंगलवार १४:०७
 

कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर ४ राजीपुरमा विङ्गर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । धनगढीबाट टिकापुरको लागि छुटेको विङ्गर मोटरसाईकलसंग ठोकिएको थियो ।

से १ ज ११०५ नम्बरको विङ्गर र से ६ प ५०२ नम्बरको मोटरसाइकल ठोक्किदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए । सोे घटनामा मोटरसाइकल चालक धनगढी–१५ का लक्ष्मण चौधरीको अवस्था गम्भीर रहेको उनले बताए ।

धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको उनले बताए । घाइतेलाई उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुको बिनागाउमा बस दुर्घटना ठूलो संख्यामा मानविय क्षेति भएको आशंका

२६ आश्विन २०७८, मंगलवार १४:०७
मुगु :  मुगुको छाँयानाथ रारा गाउँपालिका–७ बिनागाउँमा मंगलबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा ठूलो संख्यामा मानविय क्षति भएको आशंका गरिएको छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट दुईसय मिटर तफ खसेको कर्णाली प्रदेश […]