नरैनापुरका अध्यक्ष शाहद्वारा दशैंको शुभकामना व्यक्त

सदरलाइन संवाददाता १७ आश्विन २०७९, सोमबार १२:४४
 

नेपालगञ्ज : बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले दसैँ, मोहम्मद डे, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

नरैनापुरको ६ वटै वडामा राखिएको दुर्गा भवानीका मूर्तिहरुको आईतबार राती अवलोकन गरी नरैनापुरको वडा नं. ३ मा आयोजित विशाल पूजाअर्चना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नरैनापुरबासी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका थिए ।

अध्यक्ष शाहले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर पालिका नरैनापुरमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यी पहिचानहरुलाई स्थापीत गराई राख्न समुदायमा धार्मिक सह अस्तित्व, सदभाव र भाईचाराको सम्बन्ध कायम राख्दै संस्कृतिको संरक्षणका लागी नयाँ पुस्ताले विशेष भुमिका खेल्नु पर्ने बताए ।


विजयादशमीले नरैनापुरमा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्न समेत सफल रहोस् भनि अध्यक्ष शाहले कामना गरेका थिए ।

अध्यक्ष शाहसंगै नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा लगायतको टोली वडाको बिभिन्न टोलमा स्थापना गरिएको मूर्तिको अवलोकन गरेका थियो ।

मूर्तिको अवलोकन गर्न पुग्नु भएका नरैनापुर गाँउपालिका अध्यक्ष शाहलाई स्थानीयहरुले भव्य स्वागत गर्दै सम्मान समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बडादशैंको आठौं दिन सोमवार महाअष्टमी मनाईंदै

१७ आश्विन २०७९, सोमबार १२:४४
नेपालगञ्ज : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व सोमवार नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन सोमवार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा […]

सम्बन्धित