कोरोना कहरका कारण मोहर्रमका सबै प्रकृया घरमै बसेर मनाउन आग्रह

६ भाद्र २०७७, शनिबार २३:३२
 

नेपालगञ्ज  :  कोरोना महामारीबाट जोगिन यसवर्षको मोहर्रम घरमै मनाउन बाँकेका मुस्लिम बुद्धिजिवीहरुले आग्रह गरेका छन् । कोरोनाले नेपालमा सबै क्षेत्रलाई प्रभाव पारेकाले योबाट जोगिन उनीहरुले सो आग्रह गरेका हुन ।

केन्द्रीय मोहर्रम पर्व तथा कर्वला व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो आग्रह गरेको हो । समितिका अध्यक्ष गुलाम हुसेन हलवाई ( फिरोज वारसी) ले सबैको समन्वय र सहकार्यबाटै कोरोना भाइरसविरुद्ध लड्न सकिने भएको बताउदै कोरोनाको कहरबाट जोगिन मोहर्रमका सबै प्रकृया घरमै गरेर मनाउन आग्रह गरे ।

उनले कोरोना भाइरसबाट बच्न नेपाल सरकारले जारी गरेको हरेक निर्देशन मुस्लिम समुदायले पालना गर्दै आइरहेको र अबका दिनहरुमा पनि सरकारले जारी गरेको निर्देशन पालना गर्ने बताए ।

उनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले नेपालगञ्जका ४ वटै मोहर्रम कमिटीका अगुवा र मुस्लिम बुद्धिजीविहरुको उपस्थितिमा कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै मोहर्रम पर्वका हकमा गरिएको निर्णयलाई समेत पालना गरि दिन मुस्लिम समुदायलाई अपील पनि गरेका छन् ।


मुस्लिम समुदायको एतिहासिक पर्व मोहर्रमलाई घरमै मनाउनुका साथै ९ तारीख को दिन ताजिया राख्ने र १० तारीख ताजिया सेलाउन दुइचार जनाको समुहमा पालैपालो जान बांँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले गरेको आग्रह सबै समेदायको हितमा भएकोले सोही अनुरुप गर्न समुदायमा अपिल समेत गरिएको छ । मुस्लिम धर्मालम्बीहरु इराकको कर्बलामा शहादत प्राप्त गरेका हजरत इमामे हुसैनको सम्झनामा प्रत्येक वर्ष मोहर्रम पर्ब मनाउँदै अएका छन् ।

हरेक वर्ष हिजरी संवतको ५ तारीखदेखि १० तारीखसम्म धुमधामका साथ मनाइने यो एतिहासिक पर्व शुरु हुन लागेकै बेला नेपाल भरी लगायत देशका अन्य भागमा कोरोना भाइरस समुदायमा समेत फैलिएकोले संक्रमितहरु दिनदिनै बढ्ने क्रम जारी रहेको उल्लेख गर्दै यस्तो जटिल र कठिन अवस्थालाई मध्ये नजर गरेर घरमै बसेर स्वास्थ्य सुरक्षा र सर्तकता अपनाउदै पर्व मनाउन आग्रह गरिएको छ ।

 

 

Next Post

बाँकेमा आईतबार ४६ जना कोरोना मुक्त भएर घर फर्कदै

६ भाद्र २०७७, शनिबार २३:३२
नेपालगञ्ज : बाँकेमा आइतबार (आज) ४६ जनाले कोरोना संक्रमण मुक्त भएर घर फर्कने भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज (आइतबार) वडा प्रहरी कार्यालय नेपालगञ्जका ४१ जना, नेपालगञ्ज उपमहानगरका ४ जना र कोहलपुरका १ जना गरि ४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कदैं […]