मुगुको बिनागाउमा बस दुर्घटना ठूलो संख्यामा मानविय क्षेति भएको आशंका

सदरलाइन संवाददाता २६ आश्विन २०७८, मंगलवार १५:०७
 


मुगु :  मुगुको छाँयानाथ रारा गाउँपालिका–७ बिनागाउँमा मंगलबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा ठूलो संख्यामा मानविय क्षति भएको आशंका गरिएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट दुईसय मिटर तफ खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी माधव श्रेष्ठले जानकारी दिए । बसमा कति यात्रु सवार थिए र मानवीय क्षति बारे आईनसकेको उनको भनाइ छ ।


गमगढीबाट झण्डै दुई घण्टाको दुरीमा भएको दुर्घटनामा घाइतेहरूलाई उद्धार गरि जिल्ला अस्पताल मुगु लागिएको छ । घाइतेहरूको अस्पतालमा पु¥याउने काम भईरहेकोले अस्पताल पुर्याएपछि मात्रै मृत्युको संख्या एकिन गरिने प्रहरीले जनाएको छ । अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ । बिस्तृत आउन बाँकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगु बस दुर्घटनामा मृतकको संख्या २६ पुग्यो

२६ आश्विन २०७८, मंगलवार १५:०७
नेपालगञ्ज : मुगुको छायानाथ रारा नगरपालिका–७ पर्चानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा रहेका रारा मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहानीले अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको […]