उम्राका लागि जान लागेका बाँकेका मुस्लिमहरुको बिदाई

सदरलाइन संवाददाता ११ मंसिर २०७९, आईतवार १३:१६
 

नेपालगञ्ज : इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्जबाट औपचारिक रुपमा आइतवार बिदाई गरिएको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्ज विमानस्थलबाट बिदाई गर्नु भएको हो । उम्राका लागि जान लागेका तिर्थयात्रीहरुलाई बिदाई गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागि समेत प्रार्थना गर्न आग्रह गर्नु भएको छ ।


उम्रा गरेपछि मनोकामना पुरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत)मा बास हुने विश्वास गरिन्छ । त्यस्तै हज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामनासमेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ ।

संविधानसभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकि, जामा मस्जिदका पूर्व अध्यक्ष अब्दुल रहमान मिया लगायतका व्यक्तिहरु नेपालगञ्ज बिमानस्थलमा पुगेर बिदाई गर्नु भएको थियो । उहाँहरु साउदीको मक्का र मदिनामा करिव २० दिन उम्रा गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समानुपातिकतर्फ बाँके १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल

११ मंसिर २०७९, आईतवार १३:१६
नेपालगञ्ज : बाँकेमा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल बनेको छ । निर्वाचन आयोगका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १६४७३ मतसहित एमाले पहिलो, १३८४२ मतसहित कांग्रेस दोस्रो स्थानमा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ८८८५ मतसहित तेस्रो स्थान लिन सफल भयो […]