लागु औषधसहित दुई जना पक्राउ

सदरलाइन संवाददाता २४ आश्विन २०७८, आईतवार १५:४९
 

कञ्चनपुर : पुनर्वास नगरपालिका–४ आनन्दबजारबाट सशस्त्र प्रहरीले दुईजनालाई लागु औषधसहित नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट आँपतालका सशस्त्र प्रहरी नायब निरीक्षक गंगादत्त बोगटीका अनुसार आइतबार बिहान पुनर्वास–५ का २६ वर्षीय नरेश खडका र २४ वर्षीय कृष्णा सार्कीलाई नियन्त्रणमा लिइएको छ ।


भारतबाट से ४ प ९६७८ नम्बरको मोटरसाइलमा चढेर आउँदै गरेका दुवै जनालाई चेकजाँच गर्ने क्रममा रातो हेल्मेटभित्र लुकाई राखेको अवस्थामा लागु औषध नेट्राभेटका ३० वटा फेला पारेको उनले बताए । पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध र मोटरसाइलसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राँझा विमानस्थलमा कुकुरसहितको विशेष जाँच

२४ आश्विन २०७८, आईतवार १५:४९
नेपालगञ्ज : नेपालगञ्जको राँझा एअरपोर्टमा आइतवार तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ । विमानस्थलबाट वाहिरिने र भित्रिने सबैलाई नेपाल प्रहरीको तालिम प्राप्त कुकुर लभ र व्यूटीले जाँच गरेका हुन् । यसअघि शनिवार जमुनाहा नाकामा जाँच गरिएको थियो । लभ र ब्यूटीले भारतबाट विमानस्थलमा मानिस, सवारी साधनलाई जाँच गरेका थिए […]