सहायता कक्षले सेवाग्राहीलाई सहजता

३० पुष २०७५, सोमबार १७:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : बाँकेको कोहलपुर नगरपालिका सहित सम्पुर्ण वडा कार्यालयमा सहायता कक्ष सञ्चालन भएसँगै सेवाग्राहीले सहजता महशुस गरेका छन् । नागरिक सहायता कक्ष सञ्चालन भएपछि नगरपालिका र वडा कार्यालयहरु बाट प्रदान गर्ने सेवाहरू लिन सेवाग्राहीलाई सहज भएको हो ।
वडा कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन भएपछि वडा कार्यलयलाई काम गर्न निकै सजिलो भएको कोहलपुर नगरपालिका वडा न १ का सचिव काशीलाल अधिकारीले बताए । वडा कार्यालयमा प्रयाप्त कर्मचारी नभइरहेको अहिलेको अबस्थामा सहजकर्ताले सेवाग्रहीका निवेदन लेखिदिने, कागजपत्र मिलाईदिने देखि नबुझेका कुरा बुझाईदिने गरेको जसले गर्दा वडा कार्यालयले छिटो सेवा दिन सकेको सचिव अधिकारीले बताए ।
नगरपालिका तथा वडा कार्यलयहरुमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि नागरिक सहायता कक्ष प्रभावकारी भएको खजुरा गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लको भनाइ छ । अध्यक्ष मल्लले वडामा हेल्प डेक्स भएका कारण सेवाग्राही निवेदन लेख्न अर्कालाई गुहार्न नपर्नेे, कागजात पुगे नपुगेको सहजकर्ताले हेर्ने र आवश्यक सुझाव दिने भएकाले वडाबासी खुशी रहेको बताए । विशेषगरी राजश्व तिर्न, बिभिन्न फारम भर्न र बुझाउने लगाएत स्थानिय निकाय बाट दिने सुबिधा र आबश्यक पर्ने कागजातका बारेमा जानकारी लिइरहेको कोहलपुर नगरपालिकाकी सहजकर्ता लक्ष्मी खड्काले बताइन् ।
यसले स्थानिय तहलाई छिटोछरितो र सहजरुपमा सेवा प्रदान गर्न सहज भएको कोहलपुर नगरपालिका वडा न १० का वडा अध्यक्ष निरज चलाउनेले बताए । सहायता कक्ष सञ्चालन भएदेखि आफुले खोजेको ठाउँ र व्यक्ति सजिलै भेट्न सकिएको र धेरै सजिलो भएको उनले बताए । सहजकर्ताहरुले सिफारिस, चिठीसमेत लेखेर सेवाग्राहीलाई सहयोग गर्ने गरेको कोहलपुर १० नम्बर वडाका सहजकर्ता शेर बहादुर रावतको भनाई छ ।
कोहलपुर नगरपालिकामा यही वर्षको ज्येष्ठ महिनादेखि नागरिक सहायता कक्ष सञ्चालनमा रहेको हो । नगरपालिकामा दैनिक २०० बढी सेवाग्राहीहरु सहायता कक्षबाट सेवा लिहिरहेका कोहलपुर नगरपालिकाकी सहजकर्ता लक्ष्मी खड्काले जानकारी दिइन । इन्रुडेकले स्थानिय निकायसंग समन्वय गरि बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ, जानकी र खजुरा गाँउपालिकामा नागरिक सहायता कक्ष सञ्चालन गरेको अध्यक्ष धर्मलाल रोकायले बताए ।

Next Post

नेपाली नाकाबाट अवैध घुसपैठ प्रति भारतीय गृहमन्त्री सिंह चिन्तित

३० पुष २०७५, सोमबार १७:००
सदरलाइनडटकम, नेपालगञ्ज : भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपाल नाका भएर पाकिस्तानी नागरिकको अवैध प्रवेश नियन्त्रण हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् । सीमावर्ती भारतीय बजार रुपईडिहास्थित निर्माण हुन लागेको एकिकृत भन्सार जाँच चौकीको सोमवार शिलान्यास गर्दै गृहमन्त्री सिंहले यस्तो चिन्ता व्यक्त गरेका हुन् । नेपालगञ्ज रुपईडिहा संयुक्त एकिकृत […]

सम्बन्धित