सीमा समस्या समाधानको माग गर्दै राणालाई ध्यानाकर्षणपत्र

सदरलाइन संवाददाता २ कार्तिक २०८०, बिहीबार १३:०६
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले सीमा समस्या समाधानका लागि पहल गर्न माग गर्दै सांसद डा. धवल शम्शेर राणालाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

दशैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा संघले नेपालगञ्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामीले कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. राणालाई सीमा क्षेत्रको सुधारका लागि पहल गर्न आग्रह गर्दै ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका थिए ।


कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, नेपाल राष्ट्र बैंक, नेपालगञ्जका उप–निर्देशक रामकुमार कार्की, नेपाल प्रहरीका बाँके प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, नेपालगञ्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दिन राई, एमाले बाँकेका अध्यक्ष किष्मतकुमार कक्षपति, संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्य, ब्रह्मकुमारी दिदी मुना, नेपाली कांग्रेस जिल्ला सदस्य चक्र अधिकारीले उद्योगी व्यवसायीका समस्या र समाधानका उपायबारे धारणा राखेका थिए ।
संघका अध्यक्ष धामीको अध्यक्षता, प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीको स्वागत मन्तव्य, महिला उपाध्यक्ष मन्दिरा पाण्डेको धन्यवाद ज्ञापन र महासचिव भीमबहादुर रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमेमा उद्योगी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी पोख्रेल र नेपाल प्रहरीका बाँके प्रमुख बोहरालाई पनि संघले स्वागत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दसैंको पाँचौ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

२ कार्तिक २०८०, बिहीबार १३:०६
नेपालगञ्ज : नवरात्रको पाँचौं दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो […]

सम्बन्धित