सदरलाइनडटकम,
पोखरा : सरकारको विरोध गर्दै नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ । नेविसंघले शनिवार बिहान पोखराकै मासबारमा महानगरको बा १ झ ५८७९ नम्बरको सेतो पिकअप भ्यानमा आगजनी गरेको हो ।
दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै नेविसंघले सरकारको विरोध गर्दै आएको छ । कास्की प्रहरीले भने नेविसंघले जलाएको आशंका गरेको छ ।
कास्की प्रहरी प्रमुख ओम रानाले नेविसंघमाथि निगरानी बढाएको बताए । नेविसंघ कास्कीले शनिवार सरकारी गाडी चल्न नदिने निर्णय भएको बताएको छ ।
