२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बालविवाह बिरुद्ध सक्रिय बर्दियाका धार्मिक अगुवालाई सन्देशमुलक टी शर्ट



बर्दिया  : बर्दियामा बालविवाह न्युनिकरणको लागि सक्रिय धर्मगुरुलाई बाल संरक्षण कार्यक्रम अन्तर्गत प्रोत्साहन स्वरुप टी शर्ट वितरण गरिएको छ ।

बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा बर्दियाका बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिका तथा गेरुवा गाउँपालिकामा सञ्चालन गरिएको बाल संरक्षण कार्यक्रम अन्तर्गत वालविवाह रोकथाम र न्युनिकरणमा सक्रिय रहेका धार्मिक अगुवाहरुलाई टी शर्ट वितरण गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।

उनले विवाह संस्कारमा मुख्य भूमिका निर्वाह गर्ने विभिन्न धर्मका धर्मगुरु तथा धार्मिक अगुवाहरुलाई समेटर चारवटै पालिकामा अन्तर धार्मिक समुह गठन गरिएको जनाउँदै सो समुहमा आवद्धहरुलाई प्रेरित गर्न तथा विभिन्न सन्देश प्रवाह गर्न सन्देशमुलक टी शर्ट वितरण गरिएको जानकारी दिए ।

अन्तर धार्मिक समुहमा रहेका अगुवाहरुले विवाहको समयमा वा विवाहका लागि चिना साइत देखाउन जाँदा केटा र केटी दुबैको उमेर सोधपुछ गर्ने गरेको र उमेर नपुगेको भए त्यस्ता विवाह रोक्ने गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताए ।

सो क्रममा गेरुवा गाउँपालिकाको वडा नम्बर ५ मा आयोजना गरिएको एक समारोहमा सो पालिकाका २० जना धार्मिक अगुवाहरुलाई सन्देशमुलक टी शर्ट वितरण गरिएको छ । अन्य तीनवटा पालिकामा यसअघि नै ६० वटा टी शर्ट धार्मिक अगुवाहरुलाई वितरण गरिसकिएको क्लबले जनाएको छ ।

सो अवसरमा गेरुवा गापा वडा नम्बर ५ का वडा सदस्य विरेन्द्रबहादुर शाह र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकीले धार्मिक अगुवाहरुलाई टी शर्ट वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडा सदस्य शाहले धार्मिक अगुवाहरुको सक्रियताले वालविवाह रोकथाममा ठुलो सहयोग मिल्ने जनाउँदै सो का लागि वडा कार्यालयले पनि हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २०७८ भदौ २३ गते बुधबार
ताजा समाचार