Sadarline
२०८३ असोज २९ , बिहीबार

दोस्रो मैत्रीपूर्ण फुटवल २–१ गोल अन्तरले भारतको पोल्टोमा




काठमाडौं  : भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल २–१ ले आफ्नो पोल्टोमा पारेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए । नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

यसअघि नेपाली खेलाडिको मनोबल बढाउन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला पुगेका थिए ।

प्रकाशित मिति : २०७८ भदौ २० गते आइतबार
ताजा समाचार