बाँकेमा बिहीवार १७ जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता १४ आश्विन २०७८, बिहीबार १६:४३
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९४ नमुना परीक्षण गर्दा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ११, मेडिकल कलेज कोहलपुरमा ४ र बागेश्वरी ल्याबमा २ जना गरि १७ जनामा भाइरस संक्रमण देखिएको हो ।


तीमध्ये बाँकेका ६ जना छ्न । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २१९ पुगेको छ ।

यस्तै बिहीवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८१० पुगेको छ । अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ५ जना सिकिस्त र २२ जना मध्यम विरामी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वादका कुरा : नेपालगञ्जको पान !

१४ आश्विन २०७८, बिहीबार १६:४३
नेपालगञ्ज  : पान मसलाको रुपमा प्रयोग गरिने भएपनि नेपालगञ्जमा भने यसलाई अम्मल वा लतको रुपमा प्रयोग गर्ने गरिएको छ । प्राय खाना तथा खाजा खाएपछि मुखमा खानाको स्वाद हटाउन पान खाने प्रचलन रहेको छ । कसैकसैले भने पानलाई अम्मलको रुपमा पनि प्रयोग गर्ने गरेको पाईन्छ । खासगरेर नेपालगञ्जमा प्रचिन कालदेखि […]