मन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्माले कोहलपुरमा गुटको भेला गरेको आरोप

७ माघ २०७४, आईतवार २०:३५
 

सदरलाइनडटकम  
७ माघ, कोहलपुर (बाँके) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले कोहलपुरमा पार्टीको गुट विषेशको बैठक गरेको आरोप लागेको छ । हालै सम्पन्न निर्वाचनमा बाँकेमा नराम्रोसंग पराजय व्योहरेको काँग्रेसलाई केन्द्रीय सदस्यको हैसियतले संगठन मजबुत बनाउनको लागि निर्देशन दिनुको साटो पार्टीको एक गु्टलाई मात्र भेट्नु दुखद भएको बाँकेका एक काँग्रेसी नेताले बताए ।
सदरलाइनडटकमलाई प्राप्त जानकारी अनुसार उनीले आईतबार कोहलपुर उद्योग बाणिज्य संले आयोजन गर्न लागेको व्यापार मेलाको बारेमा संघका पदाधिकारीसंग भेट गरी जानकारी लिए लगत्तै पार्टीको नगरकमिटीलाई बाईपास गरी देउवागुट निकटका नेताहरुलाई होटल ट्रिटपमा भेटेका थिए ।
नेपाली काँग्रेस कोहलपुर नगर समितिका सचिव भुम भण्डारीले समाजिक सञ्जाल फेशबुकमा लेखेका छन ‘दुखद कुरा ७२ घण्टा भित्रै फेरी नेपाली काँग्रेस पार्टीको नगर समितिलाई पन्छाएर गरे केन्द्रीय सदस्य समेत रहेका मन्त्री मिन विश्वकर्माद्वारा भेटघाट, निर्वाचनमा लज्जास्पद हार बेहोरेको कांग्रेसको संगठन यसैगरी चुस्त दुरुस्त हुन्छ त ???’

Next Post

सल्यानको लुहाममा बस दुर्घटना हुँदा ४ को मृत्यु १२ गम्भीर घाइते

७ माघ २०७४, आईतवार २०:३५
सदरलाइन / चिना विएल  ८ माघ, रुकुम : रुकुमबाट दाङ घोराही जाँदै गरेको मालिका कालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको यात्रु बाहक बस सल्यानको लुहाम नजिक भान्टाखोलामा दुर्घटना भएको छ । सोमबार दिउसो साढे २ बजेतिर भएको सो दुर्घटना परि ४ जनाको घटनास्थल मै ज्यान गएको र १२ […]