बाँकेमा ठूलाभन्दा साना दलबाट धेरै बन्दसूचीका उम्मेदवार

४ मंसिर २०७४, सोमबार १७:४३
 

सदरलाइनडटकम  
४ मंसिर, नेपालगन्ज : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बाँकेबाट १ सय ११ जना उम्मेदवार बन्दसूचीमा परेका छन् । निर्वाचन आयोगले जारी गरेको नामावलीको अन्तिम सूचीमा बाँकेबाट सबै दलका गरि १ सय ११ जनाको नामावली रहेको छ । त्यसमध्ये प्रतिनिधी सभा सदस्यमा ३१ जना र प्रदेश सभा सदस्यमा ८० जनाको नामावली रहेको छ ।
यस पटकको निर्वाचनमा ठूला दलभन्दा साना दलकातर्फबाट धेरै उम्मेदवार बन्द सूचीमा छन् । प्रतिनिधी सभा सदस्यमा सबैभन्दा बढि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका ८ जना उम्मेदवार बन्द सूचीमा छन् ।
यसैगरि नेपाल संघिय समाजवादी पार्टिका तर्फबाट ४ जना उम्मेदवार छन् । प्रतिनिधी सभा सदस्यमा जिल्लाबाट नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा प्रजातान्त्रिक संघिय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, नेपाल जनता पार्टीका २–२ जना उम्मेदवार बन्दसूचीमा परेका छन् ।
यसैगरि राजपा नेपाल, राप्रपा, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमुक्ती पार्टी, नेपाली जनता दल, देशभक्त गणतान्त्रिक मोर्चा लगायतका दलहरुका तर्फबाट १–१ जना उम्मेदवार अन्तिम नामावलीमा समावेश छन् ।
यता, प्रदेश सभा सदस्य तर्फ ८० जना उम्मेदवार बनेका छन् । जसमध्ये राप्रपाका १६, जना नेपाल संघिय समाजवादि पार्टिका १४, संघिस समाजवादी फोरमका ८, नेपाली जनता दलका ७ जना नेकपा माले र देशभक्त गणतात्रीक मोर्चाका ५–५ जना र शिवसेनाका ४ जना पनि प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा छन् ।
बाँकेबाट प्रदेश सभामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका समान ३–३ जना समानुपातीक उम्मेदवार बन्दसूचीमा परेका छन् । राष्ट्रिय जनमोर्चा नयाँशक्ति, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र नेकपा माक्र्सवादीका २–२ जना र नेपाली जनता दल, राष्ट्रिय जनमुक्ती पार्टी, नेमकिपा, राप्रपा प्रजातान्त्रिक र राजपाका १–१ जना उम्मेदवारको नाम अन्तिम नामावलीमा समावेश छ ।
प्रतिनिधी सभा सदस्यको समानुपातीक उम्मदवारको सूचीमा बाँकेबाट नेपाली कांग्रेसका आशा वि.क. र सर्वतआरा खानम, एमालेका दिनेश चन्द्र यादव र रुबि खाँ पठान एवं माओवादी केन्द्रका अशोककुमार रोकाया क्षेत्री र तिलक परियारको नाम समावेश छ । यसैगरि संघिय समाजवादी फोरमका रिजवान अहमद शाह, मन्जु शर्मा अन्सारी, राजपाका सत्यवती वर्मा कुर्मी, राप्रपाका हरिहर श्रेष्ठ र ठाकुरसिंह थारुको नाम समावेश छ । यता प्रदेश सभामा कांग्रेसका शान्ति परियार, हिरालाल लोनिया र मो. याकुव अन्सारी, एमालेका रामदास थारु र तलत प्रविण खाँ एवं मओवादी केन्द्रका आदेश अग्रवाल, सुमित्रा वर्मा कुर्मी र कलामुन अन्सारीको नाम समावेश छ ।

Next Post

बाँकेका युवाका लागि तीनदिने मानव बेचबिखनबिरुद्ध तालिम

४ मंसिर २०७४, सोमबार १७:४३
सदरलाइनडटकम   ४ मंसिर, नेपालगन्ज : हाम्रो आवाज चेलिबेटी वेचविखन मुक्त समाज भन्ने मूल नाराका साथ माईती नेपाल नेपालगन्जद्वारा बाँके जिल्लाका मानववेचविखनको उच्चजोखिममा रहेका गाँउपालिका, नगरपालिका र उप–महानगर समेतका युवाहरुलाई मानव बेचविखनविरुद्धको तीन दिने तालिम दिईएको छ । मानव बेचविखन विरुद्ध क्रियाशील माईती नेपाल नेपालगंन्जले आयोजना गरेको सो कार्यक्रमा युवाहरुलाई श्रव्य […]