बाँकेमा ९ संक्रमित थपिए, ८ डिस्चार्ज

सदरलाइन संवाददाता १ आश्विन २०७८, शुक्रबार १३:४६
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८१ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ३२ नमुना परीक्षण गर्दा ५ र मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी प्रयोगशालामा ११ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।


संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् । बाँकी बाहिरी जिल्लाका रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ३२ पुगेको छ ।

यस्तै शुक्रवार थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरीमा एक महिलाको मृत्यु

१ आश्विन २०७८, शुक्रबार १३:४६
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा शुक्रवार थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ २९ गते भेरी अस्पतालमा भर्ना भएकी उनलाई भदौ ३० गते कोभिड पुष्टि भएको थियो । उनको स्वास्थ्यमा सुधार […]